पूर्वसचिव रिसालको निधन

काठमाडौं- नेपाल सरकारका पूर्वसचिव विष्णुगोपाल रिसालको आज बिहान निधन भएको छ । सतासी वर्षीय रिसालको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा निमोनियाबाट निधन भएको परिवारले स्रोतले जनाएको छ ।

विसं २०१५ मा अर्थ मन्त्रालयमा नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गर्नुभएका उहाँले २०४९ मा लोेकसेवा आयोगको सचिवबाट उमेर हदबाट अनिवार्य अवकाश लिनुभएको थियो ।
उहाँका नेपाल भाषा र व्याकरण, भावनाको लहर, तीनधाम यात्रा, ज्ञानदर्पण, प्रश्न उपदेश, अमेरिकालाई हेर्दा, श्रीकृष्णलीला, नेपालको आर्थिक विकासलाई सम्झँदा, भावनात्मक अभिव्यक्ति, शिक्षा र राष्ट्रियता, प्रशासनिक गति र राजनीति, बालविनोद, वाग्मतीः काठमाडौँ सभ्यताको मुहान तथा तथ्यबोध र हाम्रो देशको चिनारी खण्डकाव्य(अङ्ग्रेजीमा पनि) लगायत करीब दुई दर्जन कृति प्रकाशित छन् ।

उहाँका एक छोरा हुनुहुन्छ । उहाँको आजै परिवारको सहभागितामा पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.