उपत्यकामा सङ्क्रमण दर न्यून

काठमाडौं– काठमाडौँ उपत्यकामा उच्च दरमा फैलिएको कोरोना सङ्क्रमण बिस्तारै न्यून हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३७ जना मात्र सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०१, भक्तपुरमा ४४ र ललितपुरमा ९२ जना गरी कुल ३३७ जनामा कोरोना सङ्क्रमण भएको हो । अघिल्लो दिन उपत्यकामा ५०८ जनामा सङ्क्रमण भएको थियो। निषेधाज्ञापछि पनि उच्च हुँदै गएको उपत्यकाको कोरोना सङ्क्रमण केही दिनयता भने निरन्तर ओरालो लागिरहेको छ ।

देशभर दैनिक नौ हजारभन्दा माथि सङ्क्रमण हुँदा उपत्यकामा पनि तीन हजारभन्दा माथि पुग्ने गरेको थियो। उपत्यकासँगै देशभर पनि सङ्क्रमण दर न्यून हुँदै गएको छ । शनिबार नेपालमा थप दुई हजार ४०१ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.