नेप्से परिसूचक ६३.२८ अंकले घट्यो, करिव १२ अर्बको कारोबार

काठमाडौँ- यो साताको पहिलो दिन आज नेप्से परिसूचक ६३.२८ अंकले घटेको छ । आज नेप्सेमा भएका सबै उपसमूहका परिसूचक घटेका छन्।

१३ वटा उपसमूहमध्ये ३ उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने ६ उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। बाँकी ४ उपसमूहको परिसूचक आज १ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.५ प्रतिशत घटेको छ भने जलविद्युतको ३.३८ प्रतिशत र वित्तको ३.३३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक यस दिन २.५१ प्रतिशत, होटल तथा पर्यटनको २.३५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २.४ प्रतिशत, अन्यको २.२ प्रतिशत, लघुवित्तको २.१८ र लगानीको २.०७ प्रतिशत घटेको छ। बाँकी उपसमूहको परिसूचक भने १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ८० करोड २९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल इन्स्योरेन्सको यस दिन ४२ करोड ९८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.