पत्रकारलाई कोभिड–१९ विरुद्धको खोप लगाउन आदेश

 

काठमाडौं- सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा कुमार चुडालको एकल इजलासले आज समाचार सङ्कलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएको हुँदा पत्रकारलाई खोपको व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “पत्रकारहरूको पेशागत प्रकृति र जनसमुदाय वा समूहमा पुग्नपर्ने वा जनसम्पर्कमा पुग्नुपर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकता प्रदान गर्नू ।”

आदेशमा पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिडविरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउनु भनिएको छ ।

अर्थसंसार डटकमका प्रधानसम्पादक तथा अधिवक्ता लिलानाथ घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अग्रपंक्तिमा खटिने पत्रकारलाई प्राथमिकतामा खोप दिने व्यवस्थाका लागि आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सोही निवेदनमाथिको सुनुवाइबाट सो आदेश जारी भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.