माओवादी केन्द्रका अध्यक्ष दाहाल नारायणी नदी कटान क्षेत्रमा

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत निरीक्षण गर्दै समस्याका बारेमा जानकारी लिनुभएको छ ।

आज भरतपुर महानगरपालिका वडा न. २६ को सिसई क्षेत्रको अनुगमन गर्दै नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफूले यसको विस्तृत गुरूयोजना बनाई काम अगाडि बढाएकोमा र आवश्यक बजेटको सुनिश्चियताको लागि आफू लागिरहेको वताउनुभयो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले स्थानिय डुबानको पिडामा परेका समुदायलाई सुरक्षित रहन आग्रह गर्दै नारायणी नदिको बर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा स्थानियले डुवान, कटान र असार पहिलो हप्ता आएको बाढीले पारेको क्षतिका बारेमा जानकारी गराएका थिए ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.