बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आन्दोलन : सामूहिक राजिनामा दिने चिकित्सकहरुको चेतावनी

धरान– सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकृति विसंगति रोकिनुपर्ने लगाएतका माग राखी आन्दोलन गरिरहेका त्यहाँ कार्यरत चिकित्सकहरुले माग सम्बोधन नभए राजीनामा गर्ने चेतावनी दिएका छन् ।

आन्दोलनको सातौँ दिन बितिसक्दा पनि व्यवस्थापन पक्ष गम्भीर रुपमा प्रस्तुत नभएको भन्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् । प्रतिष्ठानले प्राध्यापक डाक्टर गुरु खनालको संयोजकत्वमा वार्ता टोली वनाएर आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न पठाएकोमा वार्तामा सहमति हुन सकेको छैन ।

कतिपय बुँदा प्रतिष्ठानका उपकुलपती डाक्टर ज्ञानेन्द्र गिरीसँग सम्वन्धित भएकाले प्रतिष्ठान पक्षको वार्ता टोलीले निर्णय गर्न नसकेको बताइएको छ । संयुक्त संघर्ष समितिका संयोजक डाक्टर एसपी रिमालले वार्ता समिति गठन हुँदा संवादहीनता तोडिए पनि औपचारिक वार्ताको लागि दुःख दिने नियत देखिएकाले थप माग राखिएको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.