अफगानिस्तानको कुन्दुज प्रान्तमा सेनाको कारवाहीमा परी २४ जना तालिवान लडाकुको मृत्यु

अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा सेनाले गरेको कारबाहीमा परी २४ जना तालिबान आतंककारी मारिएका छन् ।
अफगानी संयुक्त सेनाले गरेको कारबाहीमा परी ती लडाकू मारिएको बताइएको छ ।
संयुक्त सेनाले कुन्दुज तथा अन्य स्थानमा शुक्रबार रातिदेखि विशेष कारबाही शुरु गरेको थियो ।
अफगानिस्तानको दक्षिणी भूभागमा रहेको से दराक प्रान्तमा १६ जना लडाकू मारिएका छन् । कारबाहीमा परी अन्य १० जना घाइते पनि भएका बताइएको छ ।
सेनाले कुन्दुजका प्रान्तीय राजधानीबाट केही टाढा तालिबान लडाकूलक्षित हवाई र स्थलमार्गबाट गरेको कारबाही गरेको हो । सो कारबाहीका क्रममा अन्य ८ जनाको ज्यान गएको हो । एक स्थानीय घरमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा अफगान सेनाले कारबाही गरेको थियो ।।






प्रतिक्रिया राख्नुहोस्