एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बस्ने

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठकले आगामी असार १६ गते १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भर्खर सम्पन्न बैठकले महाधिवेशन आयोजक कमिटीको बैठको मिति तय गर्ने निर्णय गरेको हो ।
बैठकले यही असार मसान्तभित्र सदस्यता नविकरणको कामसमेत सम्पन्न गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको नेकपा एमालेका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्