गण्डकी प्रदेशका दुई मन्त्रीको मन्त्रालय तोकियो, दुई बिना विभागीय नै

काठमाडौं– गण्डकी प्रदेशको मन्त्रिपरिषदमा दुई मन्त्रीको मन्त्रालय तोकिएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोक्नुभएको छ । खड्कालाई सामाजिक विकास मन्त्रालय र अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।
बिना विभागीय मन्त्रीहरु राजिव गुरुङ (दीपक मनाङे) र हरिशरण आचार्यको मन्त्रालय तोकिएको छैन ।
प्रतिक्रिया राख्नुहोस्