नेपालमा कोभिड निको हुने दर ९२.६ प्रतिशत, २४ घण्टामा २४४४ संक्रमित थपिए
काठमाडौं– नेपालमा कोभिड १९ संक्रमित निको हुने दर वृद्धि भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ९२.६ प्रतिशत निको भएका छन् ।
गत २४ घण्टामा ३८५३ संक्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार ११६४० जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा २४४४ जनामा संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा थप ४२ जनाको मृत्यु भएको मन्बालयले जनाएको छ ।
गत २४ घण्टामा काठमाडौंमा ३५५ जना, भक्तपुरमा ४९ जना र ललितपुरमा ११२ जना संक्रमित भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्