चीनमा विश्वकै ठूलो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

बेइजिङ– चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन सुरु भएको छ ।

याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको छ । जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत उत्पादन मार्फत विद्युतको माग पूरा गर्न चीनले ठूला जलविद्युत गृहहरु निर्माण गरिरहेको छ ।

नयाँ बनाइएको बाइहेटान बाँधको उचाई २८९ मिटर अग्लो हुनेछ र १० लाख किलोवाट क्षमताका १६ वटा विद्युत उत्पादन जेनेरेटर जडान हुने बताइएको छ । यो विद्युत आयोजना राज्य नियन्त्रित थ्री गर्जेज ग्रुप कर्पोरेसनले निर्माण गरेको हो । यो समूह जलविद्युत, सौर्य र वायु ऊर्जा उत्पादनमा विश्वकै सर्बाधिक ठूलो लगानीकर्ता हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.