काठमाडौं– आज असार १५ । प्रत्येक वर्ष असार १५ गते एक दिनका लागि भए पनि नेता, जनप्रतिनिधि, मन्त्रीहरु हिलाम्मे हुन्छन् । धान रोप्छन्, हलो जोत्छन् । दही च्यूरा खाई असार १५ मनाउँछन् ।
आज पनि मन्त्री, नेता, मेयर, उपमेयर, गाउँपालिका प्रमुख, उपप्रमुखदेखि सरकारी उच्च पदस्थहरु रोपाइँमा भेटिए । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।
प्रतिनिधिमुलकमा भीआर्ईपी रोपाइँका केही तस्बिर प्रस्तुत गरेका छौं ।
अठारौँ राष्ट्रिय धान दिवसका अवसरमा पर्वतको मोदी गाउँपालिकाको राम्जादेउरालीमा धान रोपाइँ कार्यक्रममा सहभागी हुनुुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाललितपुरको खुुमलटारमा १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा आधुुनिक कृषि सामग्रीको अवलोकन गर्दै कृषि तथा पशुुपन्छी विकासमन्त्री बसन्तकुुमार नेम्वाङ१८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्वस कार्यक्रममा आधुुनिक मेसिनबाट ललितपुरको खुमलटारमा मङगलबार धान रोप्दै कृषि तथा पशुुपन्छी विकासमन्त्री बसन्तकुुमार नेम्वाङ ।कृषि विभाग हरिहरभवन ललितपुुर, नेपाल कृषि अनुुसन्धान परिषद सिंहदरबार र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको संयुुक्त आयोजनामा मङगलबार खुुमलटारमा आयोजित १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्वसमा सहभागी हुने क्रममा कृषि तथा पशुुपन्छी विकासमन्त्री बसन्तकुुमार नेम्वाङलगायत ।पूर्वमन्त्री एकनाथ ढकाल परिवारसहित ।तुलसीपुर उपमहानगरपालिका वडा नं ७, खर्चवा गाउँमा गरेको धान रोपाइँ कार्यक्रममा धान रोप्दै नगरप्रमुख घनश्याम पाण्डेय, उपप्रमुख माया आचार्यलगायत ।नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिका१०, नौडिहवा गाउँमा कृषि ज्ञान केन्द्रले आयोजना गरेको रोपाइँ महोत्सवमा धान रोप्दै जिल्ला समन्वय समितिका प्रमुख शिवशङकर राय, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलगायत
प्रतिक्रिया राख्नुहोस्