संक्रमितभन्दा निको हुने बढी, २४ घण्टामा थपिए २२९९ संक्रमित

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २२९९ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर गरिएको १० हजार ५ सय ९६ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा २२९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ३४५१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ३६ हजार पुगेको छ ।
कुल संक्रमितका आधारमा निको हुनेको दर ९४ प्रतिशत रहेको छ ।
देशभर गरी थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ ।







प्रतिक्रिया राख्नुहोस्