२३२८ थप संक्रमित, ३०६६ संक्रमणमुक्त

काठमाडौं– पछिल्लो २४ घण्टामा थप २३२८ जना संक्रमित भएका छन् ।

देशभर गरिएको १०१३३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २३२८ जना संक्रमित भएका हुन् । सोही अवधिमा ३०६६ जना संक्रमणमुुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थप १९ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ९१९८ रहेको छ ।

नेपालमा हालसम्म ६०६६६६ जना निको भएका छन् । नेपालमा निको हुने दर ९४ दशमलव ३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.