एमालेमा संघीयताको समीक्षा र धर्मनिरपेक्षताको बहस प्रवेश
काठमाडौं– सत्तारुढ नेकपा एमालेमा संघीयताको समीक्षा र धर्मनिरपेक्षताको बहसको प्रस्ताव प्रवेश गरेको छ ।
एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य महेश बस्नेतले संघीयता, धर्मनिरपेक्षतासहित ८ वटा प्रस्ताव पेस गर्नुभएको छ । उहाँले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, मुलुकको विशिष्ट पहिचान घोषणा, प्रधानमन्त्री दुई कार्यकालमात्रै रहने संवैधानिक व्यवस्था, पार्टी अध्यक्ष दुई कार्यकाल र पदाधिकारी तीन कार्यकालको सीमा बनाउन प्रस्ताव गर्नुभएको छ ।
बस्नेतको प्रस्तावबारे केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्