१६०३ जना संक्रमित थपिए, २७ जनाको मृत्यु

काठमाडौं- गत २४ घण्टामा नेपालमा थप १६०३ जना संक्रमित भएका छन् ।

देशभर गरिएको ८१३२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा १६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा २५५२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेपालमा थप २७ जनाको कोरोनाका कारण निधन भएको छ ।

काठमाडौं उपत्यकामा ४६१ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.