प्रधानमन्त्री ओली मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रमा जाने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुहुने भएको छ ।

शनिबार बिहान साढे १० बजे हेलिकप्टरबाट प्रधानमन्त्री सिन्धुपाल्चोक जाने कार्यक्रम छ । प्रधानमन्त्रीले क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्र लगायतका विभिन्न स्थानको हवाइ निरीक्षण गर्नुहुनेछ ।

प्रधानमन्त्रीले पीडितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनका प्रतिनिधिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।

असार १ गते आएको बाढी र पहिरोमा परेर सिन्धुपाल्चोकमा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.