मुग्लिन नारायणघाट सडक खण्डको मर्मत समयमै गर्न सडक विभागको निर्देशन

काठमाडौं– अविरल वर्षाले गर्दा ठाउँ ठाउँमा बिग्रिएको पृथ्वी राजमार्गको मुग्लिन–नारायणघाट सडक खण्डको मर्मत समयमै गर्न सडक विभागले मातहतका निकायहरुलाई निर्देशन दिएको छ ।

वर्षाले अवरुद्ध सडक सुचारु गर्न मर्मतको काम थालिएको छ । वर्षाले गर्दा सडक भाषीएर धेरै जसो स्थानहरुमा सवारी एकातर्फी मात्र सञ्चालन गर्दा सवारी जामको समस्या आउने भएकोले त्यस्ता स्थानहरुमा तत्काल दोहोरो सवारी चल्ने गरी काम गर्न विभागले निर्देशन दिइएको हो । जस अनुरुप ठाँउ ठाँउमा खसेको पहिरो हटाउने सडक भासिएका स्थानहरुमा तत्काल वैकल्पिक व्यवस्था गर्ने र सडक सुचारु गराउने गरी काम भई रहेको पनी सडक विभागले जनाएको छ ।

ठूला ठूला पहिरो खसेको स्थानमा पहिरो पन्छाई सडक सुचारु गराउन थप मेसिनहरुको ब्यवस्था गर्ने पनि विभागले जनाएको छ । यस वर्ष वर्षा अत्यधिक भएकोले पृथ्वी राजमार्गलगायत मुग्लिन नारायण घाट सडक खण्डमा खसेको पहिरोले यात्रुहरुलाई निकै समस्या उत्पन्न भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.