देउवासँगको छलफलपछिमात्रै माओवादीले मन्त्री छान्ने
काठमाडौं– नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछिमात्रै नयाँ मन्त्रीको नाम तय गर्ने भएको छ ।
माओवादी केन्द्रको स्थायी कमिटीको मंगलबार बसेको बैठकले देउवासँग अध्यक्ष पुष्पकमल दाहालले छलफल गरेपछिमात्रै नाम तय गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘हाम्रो पार्टीका अध्यक्षले भावी प्रधानमन्त्री देउवासँग सरकार सञ्चालन लगायतका विषयमा छलफल गर्नुहुनेछ,’ उहाँले भन्नुभयो ।
श्रेष्ठले मन्त्रीको नामबारे छलफल नभएको दाबी गर्नुभयो ।
माओवादी केन्द्रले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।
बैठकले माओवादी नेता महादेव यादव तथा स्थायी कमिटी सदस्य पम्फा भूसालको आमाको निधन भएकोमा शोक व्यक्त गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्