नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार राति ८ बजेपछि प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिति थियो । शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित हुनुभएन ।

संवैधानिक इजलासको फैसला अनुसार राष्ट्रपति भण्डारीले कांग्रेस संसदीय दलका नेता देउवालाई मंगलबार नै प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

प्रतिनिधि सभाको दोस्रो ठूलो दल कांग्रेस संसदीय दलका नेता देउवा पाँचौ कार्यकाल प्रधानमन्त्री हुनुभएको हो ।

पहिलो कार्यकाल
२०५२ भदौदेखि २०५३ फागुनसम्म

दोस्रो कार्यकाल
२०५८ साउनदेखि २०५९ असोजसम्म

तेस्रो कार्यकाल
२०६१ जेठदेखि २०६२ माघसम्म

चौथो कार्यकाल
२०७४ जेठदेखि २०७४ फागुनसम्म

पाँचौ कार्यकाल
२०७८ असारदेखि

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.