प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले बधाई दिनुभएको छ । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।

राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उहाँसँग मिलेर काम गर्ने आशा गर्दछ भन्नुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिनुभएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.