प्रधानमन्त्री देउवाले कोभिड-१९ को अवस्थाबारे सरोकारवालाहरुसँग आज छलफल गर्नुहुने

काडमाडौँ- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोभिड-१९ को प्रभाव, असर र रोकथामका लागि भैरहेका कामहरुका बारेमा सरोकारवालाहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री नियुक्त हुनुभएपछि उहाँको यो पहिलो कार्यक्रम हो ।

उहाँले स्वास्थ्य विज्ञ र सरोकारवालाहरुसँग प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दिउँसो छलफल गर्नुहुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले  नेपालटिभी अनलाइनलाई जानकारी दिनुभयो ।

हिजो प्रधानमन्त्री पदमा नियक्त हुनु भएका देउवा आज विहान उहाँकै निवास बुढानिलकण्ठमा शुभचिन्तक तथा कार्यकर्ताहरुसँगको छलफलमा व्यस्त हुनुभएको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.