राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आहवान

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आहवान गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको सिफारिसमा साउन ३ गते आइतबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा सङ्‍घीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

दोस्रोपटक विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतले साउन ३ गतेसम्म प्रतिनिधि सभाको बैठक आहवान गर्न फैसला गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.