बजेट पारित गर्ने विषयमा सहमति नजुटेपछि लुम्बिनी प्रदेशको चालू अधिवेशन अन्त्य

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारले चालू अधिवेशन अन्त्य गरेको छ । प्रदेशसभामा पेश गरेको बजेट पारित गर्ने विषयमा सहमति नजुटेपछि सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले हिजो राती १२ बजे देखि प्रदेशसभाको चालु आठौं अधिवेशन अन्त्य भएको सूचना जारी गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलद्धारा जारी बिज्ञप्तीमा नेपालको संबिधानको धारा १८३ को उपधारा २ बमोजिम गएराती १२ बजे देखि अधिवेशन अन्त्य भएको उल्लेख छ ।

यसअघि हिजो आर्थिक बर्ष २०७८।०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु पुर्व सत्तापक्षका सांसदहरुले हिजोको सदन बहिस्कार गरेका थिए ।

प्रतिपक्षले बजेट पास हुन नदिने रणनीती अख्तियार गरेपछि सत्तापक्षले बजेट पारित गर्ने सहमति भए मात्र सदन चल्न दिने अडान राखेको थियो ।

सभामुख पुर्णबहादुर घर्ती समेत बजेट पास हुन नदिने खेलमा लागेकोले बाध्य भएर संसद अधिवेशन अन्त्य गर्नु परेको सत्तारुढ एमालेले बताएको छ । बिपक्षी दलले भने बिरोध जनाएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.