गुल्मीदरबार गाउँपालिका अध्यक्ष थापाको निधन

 गुल्मी- गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधन भएको छ ।

गाउँपालिका अध्यक्ष थापाको हिजो विरेन्द्र प्रहरी अस्पतालमा काठमाडौंमा उपचारको क्रममा निधन भएको हो ।

२०७७ फागुन २९ गते स्वास्थ्यमा अकस्मात समस्या आएपछि बुटवल हुँदै काठमाण्डौं लगिएको थियो ।

७४ बर्षीय थापा लामो समयदेखि दमको रोगबाट पिडित हुनुहुन्थ्यो।
थापा करिब ४ महिनादेखि अस्पताल उपचाररत हुनुहुन्थ्यो ।

उपचार पश्चात गएको असारको १७/१८ तिर गाउँपालिमा आउने तयारी गरिरहँदा अकस्मात स्वास्थ्यमा समस्या आएपछि पुनः अस्पताल भर्ना गरिएको थियो ।

गाउँपालिका अध्यक्ष थापाको निधनप्रति गाउँपालिकाले दुखः प्रकट गरेको छ ।

सादगी जीवन, नागरिकप्रति उत्तरदायी भई जनताको सेवामा समर्पित हुँदै समृद्ध गाउँपालिका बनाउने अभियान अधुरै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.