विकट कर्णालीमा यातायात: खुलालु–लैफु-सल्लीसल्ला सडक संचालनमा

हुम्ला- नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोर खुलालु–लैफु सल्लीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ ।

सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक विभाग अन्तर्गत हिल्सा-सिमकोट योजनालाई हस्तान्तरण गरेको हो ।

रक्षा मन्त्रालय अन्तरगर्त नेपाली सेनाको जिम्मेवारीमा रहेको कर्णाली करिडोर सडक निर्माण कार्यदलले निर्माणधिन कर्णाली करिडोर खुलालु-लैफु-सल्लीसल्ला सडक आयोजनाको सेनाले जिम्मा लिएको थियो ।

२०७१ साल चैत ९ गते निर्माण सुरु भएको १ सय २२ दशमलब ७५ किलोमिटर सडक निर्माण सम्पन्न गरी नेपाली सेनाले हिल्सा सिमकोट सडक योजनालाई हस्तान्तरण गरेको कर्णाली करिडोर सडक निर्माण कार्यदलका मेजेर मिलन कार्कीले जानकारी दिनुभयो ।

कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका–१ खुलालु-लैफु हुँदै बाजुरा जिल्लाको सिमा लैफुडाडाँदेखि हुम्लाको सल्लीसल्लासम्मको सडक निर्माण कार्य सम्पन्न गरी हिल्सा-सिमकोट योजना प्रमुख विसुन दास लामालाई हस्तान्तरण गरेको निर्माण कार्यदलका मेजर कार्कीले बताउनुभयो ।

हिल्सा सिमकोट सडक योजना कार्यालय हुम्ला योजना प्रमुख,बाजुरा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र मल्ल,र स्थानीय जनताहरु भेला भई सडक हस्तान्तरण गरेको निर्माण कार्यदलका मेजर कार्कीको भनाई छ ।

कर्णाली करिडोर खुलालु लैफु–सल्लीसल्ला सडक हस्तान्तरणका क्रममा बोल्दै हिल्सा सिमकोट सडक योजनाका प्रमुख विसुन दास लामाले खुलालु देखि सल्लीसल्ला सम्म १ सय २२ दशमलब ७५ किलोमिटर सडकको अध्ययन गरी १२ महिना यातायात सञ्चालन गर्ने बतानुभयो ।

सडकको स्तरोन्नती एवम पुल पुलेसोको निर्माण कार्यलाई तिब्रता दिइने हिल्सा सिमकोट सडक योजना प्रमुख लामाले बताए । नेपाली सेनालाई धन्यावाद दिदै योजना प्रमुख लामाले हुम्लाको छारे चट्टान भिर कटान गर्नसमेत अनुरोध गर्नुभएको छ ।

सेनाले हिल्सा- सिमकोट सडक योजनालाई सडक हस्तान्तरण गरेसँगै हुम्लाको चंखेली गाउँपालिकाको सल्लीसल्लासम्म यातायात सञ्चालन हुने भएका छन् ।

जिल्लाका चार वटा गाउँपालिका ताजाँकोट,अदानचुली चंखेली र सर्केगार्ड गाउँपालिका सडक सञ्जालसँग जोडिएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.