बजेट संसदमा पेस हुन्छः अर्थमन्त्री

 

काठमाडौं– आर्थिक वर्ष २०७८/७९ को बजेट संसद बैठकमा पेस हुने बताउनुभएको छ ।

‘सदन ३ गते बोलाइसकिएको छ । अध्यादेश (बजेट) सदनमा प्रस्तुत हुन्छ । त्यहाँ नै यसलाई टेबुल गरिदैँछ । त्यहाँबाट छलफल गरेर त्यो कसरी अगाडि बढ्छ, त्यसलाई स्वीकार, अस्वीकार, प्रतिस्थापन के हुन्छ भन्ने कुरा सदनले निर्णय गर्छ,’ शुक्रबार अर्थ मन्त्रालयमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा अर्थमन्त्री शर्माको भनाइ थियो ।

अर्थमन्त्रीले हालको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गर्ने बताउनुभयो । उहाँले सरकारले अहिलेसम्मको आर्थिक अवस्था समेटेर श्वेतपत्र जारी गर्ने बताउनुभयो । ‘अहिलेसम्मको अवस्था के छ अर्थतन्त्रको भनेर यथार्थ विवरण, श्वेतपत्र तयार गरी केही दिनमा मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछौँ,’ उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.