चिनियाँ राजदूतद्वारा प्रधानमन्त्रीसँग भेट, कोरोना खोपलाई निरन्तरता दिने प्रतिबद्धता

काठमाडौं– चिनियाँ राजदूत हाउ यान्छीले शुक्रबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाली चीन सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा रायदूत यान्छीले नेपाललाई चीनले गर्दै आएको कोरोना भाइरसविरुद्धको खोप सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले चीनले भर्खरै घोषणा गरेको १६ लाख डोज खोप सहयोगबारे पनि जानकारी दिनुभएको थियो ।

प्रधानमन्त्री देउवाले चिनियाँ सरकारले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.