१४१८३ जनाको परीक्षण गराउँदा २९३६ संक्रमित, ४३ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा १४१८३ जनाको परीक्षण गराउँदा २९३६ संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४१८३ मध्ये ९६१३ जनाको पीसीआर र ४५६९ जनाको एन्टीजेन परीक्षण गरिएको हो । पीसीआरबाट २००६ र एन्टीजेनबाट ९३० जना संक्रमित भेटिए ।

२४ घण्टामा १७७५ जना संक्रमणमुक्त भएसँगै हालसम्म निको हुनेहरुको संख्या ६ लाख २६ हजार २ सय ४३ पुगेको छ । निको भएको दर ९४ दशमलव ५ प्रतिशत रहेको छ ।

गत २४ घण्टामा ४३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म ९५०६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.