संक्रमितभन्दा निको हुने बढी, २४ घण्टामा २१ जनाको मृत्यु

काठमाडौं– गत २४ घण्टामा नेपालमा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि भएको छ ।

  • संक्रमित १८७५
  • निको २१६४
  • मृत्यु २१

मन्त्रालयका अनुसार २१६४ जना निको भएका छन् । नेपालमा निको भएको दर ९४.७ प्रतिशत रहेको छ ।

२४ घण्टामा २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म ९५२७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.