‘द्रौपदी अवशेष’ सार्वजनिक

हुम्ला- पचासको दशकदेखि नेपाली साहित्य क्षेत्रमा सक्रिय साहित्यकार नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक भएको छ ।
कर्णाली प्रदेशको हिमाली जिल्लाको उच्च भेगको कथामा आधारित ‘द्रौपदी अवशेष’ एक साँस्कृतिक उपन्यास हो ।

योगमाया,चिरहरण,अर्की आइमाई, बेली कथा संग्रह,कागजमा दस्तखत कथा, हवन कथा संग्रह,मौन जीवन उपन्यास जस्ता थुप्रै कृति लेख्नुभएकी निहारिकाले हुम्लाको लिमी क्षेत्रको द्रौपदी उपन्यास सार्वजनिक गर्नुभएको हो ।

हिमाली क्षेत्रमा अझै कायम रहेको बहुपति प्रथाको बारेमा लेखिएको यस कृतिका बारेमा हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनीधि सभा सदस्य छक्कबहादुर लामाले उपन्याकारले यस कृति मार्फत दुर्गम र पिछडिएको एक सीमान्तकृत जनजातीको लोक व्यहारमा सीमित एउटा अलिखित र लोपोन्मुख सामाजिक संस्कारलाई लिखित साहित्यका रुपमा ढालेर बाह्य जगतलाई बोधम्य बनाउने चेस्टा गर्नु भएको बताएका छन् ।

साहित्कार नीलम कार्की निहारिकाले लेखेको द्रैपदी अवशेष त्यो साहै्र सराहनीय कार्य रहेको साँसद लामाले बताए ।
बिहिबार द्रौपदी अवशेष उपन्यासको औपचारिक बिमोचन हुम्लामा नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङ लगायत स्थानीयको उपस्थितीमा भएको हो ।

उपन्यासका सम्बन्धमा लेखक निहारिकाले जुन माटोको कथा थियो त्यही लोकार्पण भएकोमा आफु निकै खुशी भएको बताउनुभयो ।

स्थानीयको साथ सहयोग यो उपन्यास लेख्ने सन्दर्भमा पनि धेरै पाएको उहाँले नेपाल टेलिभिजनसँग भन्नुभयो ।

हुम्लामा हिमपातको कारण हुम्लाबाट नेपालगञ्जको लागि जहाज चढ्न नसकेको एक दृश्य पुस्तकमा छ हुम्लामा पानी परिहेको कारण नेपालगञ्जबाट हुम्लाको लागि जहाज नउडेको हुदाँ पुस्तक दुई दिन ढिला हुम्ला पुगेको लेखक कार्कीले बताउनुभयो ।

यहि यस्तै यथार्थसँग समाज अधि बढिरहेको छ बहुपति प्रथा एक संस्कृति हो ।

भौगोलिक जटिलतासँग पनि प्रत्यक्ष परोक्ष सम्बन्ध रहेको यही संस्कृतिलाई आख्यानीकरण गरेर पाठक सामु पुराउने प्रयास रहेको लेखिका कार्कीको भनाइ थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.