नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक संसद भवन बानेश्वरमा दिउँसो २ बजे बस्ने नेपाली काँग्रेस संसदीय दलको सचिवालयले जनाएको छ ।

काँग्रेस संसदीय दलका नेता तथा पार्टीका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछिको पहिलो बैठक हो ।

सभापति देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

बैठकमा नयाँ सरकार निर्माणसँगै पार्टीको भूमिका, संसदमा सत्ता पक्षको हैंसियतमा निर्वाह गर्नुपर्ने कामका बारेमा छलफल हुने सचिवालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.