विश्वासको मत लिंदै प्रधानमन्त्री देउवा

विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता

काठमाडौँ- प्रधानमन्त्री शेरवहादुर देउवाले आज विश्वासको मत लिने हुनुभएको छ।

यसका लागि प्रधानमन्त्री देउवाले संसद सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको नेपाली काँग्रेसकी सचेतक पुष्पा भुषालले नेपालटिभी अनलाइनलाई जानकारी दिनुभयो ।

“प्रधानमन्त्रीले आजै विश्वासको मत लिने प्रस्ताव दर्ता गराउनुभएको छ कति बेला समय मिलाउने भन्ने चाहिँ संसद सचिवालयको विषय हो” – सचेतक भुषालले भन्नुभयो ।

उता संसद सचिवालये विश्वासको मत सम्बन्धी प्रधानमन्त्रीको प्रस्ताव दर्ता भएकोले कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले बसेर यसको समय तय गरिने जनाएको छ ।

आज विहान प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग विश्वासको मत लिने विषयमा कुराकानी गर्नुभएको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.