जसपा विवादबारे निर्वाचन आयोगमा इजलास बहस शुरु

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादको विषयमा निर्वाचन आयोगले गठन गरेको इजलासमा बहस शुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार बिहान ११ बजेबाट इजलास शुरु भएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार अहिले इजलासमा निवेदकको तर्फबाट बहस शुरु भएको छ । निर्वाचन आयोगले गठन गरेको इजलास प्रक्रिया अदालतको प्रक्रिया जस्तै हुने बताउनुभयो ।

‘बहस सकिएपछि आयोगले निर्णय सुनाउने छ,’ उहाँले भन्नुभयो, ‘तर, आयोगको निर्णय कहिले आउँछ भन्ने कुरा बहस कति लामो समयसम्म चल्छ भन्ने कुरामा भरपर्छ ।’

निर्वाचन आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.