संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज

काठमाडौँ- संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद्को साउन २ मा गरेको सिफारिस अनुसार यो अध्यादेश खारेज भएको हो ।

यसअघि ओली नेतृत्वको सरकारको पालामा जारी भएको यो अध्यादेशको चौतर्फी  विरोध हुँदै आएको थियो ।

अध्यादेश खारेज भएपछि यही अध्यादेशको आधारमा गरिएका संवैधानिक नियुक्तिहरु के हुने भन्ने अन्यौल बढेको छ ।

सोही अध्यादेशका आधारमा गरिएका नियुक्तिहरुका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.