प्रतिनिधि सभामा यसरी प्रस्तुत हुन्छ प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्ताव

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अब बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई विश्वासको मत लिने प्रस्ताव राख्न समय दिन हुने छ।

त्यसपछि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट नेताहरुले विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिने कार्यक्रम छ । लगत्तै प्रधानमन्त्रीले उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ ।

बैठकमा सभामुखले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसपछि मत विभाजन हुनेछ ।

अन्तिममा सभामुखले मत विभाजनबाट प्राप्त परिणाम सुनाउनु हुने संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.