२४ घण्टामा १८०१ संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौं– २४ घण्टामा १८०१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९६२८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा १८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त भएको दर ९४.७ प्रतिशत रहेको छ । नेपालमा अहिलेसम्म ६३२०७४ जना संक्रमणमुक्त भएका छन् ।

गएको २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ९५५० पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.