अघिल्ला सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने प्रधानमन्त्री देउवाको भनाइ

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको अघिल्लो सरकारका राम्रा कामलाई निरन्तरता दिने बताउनुभएको छ ।

प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले ओली सरकारका राम्रा कामलाई निरन्तरता दिने बताउनुभएको हो । ‘ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुनेछन्,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले सर्वोच्च अदालत पुनर्स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री देउवाले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेकोसमेत बताउनुभयो ।

देउवाले सत्तापक्ष र प्रतिपक्ष सहकार्यका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो । ‘हामी सबैले मिलेर राम्रो काम गर्नु पर्दछ भन्न चाहन्छु । राजनीति दल एकअर्काका शत्रु होइनौं,’ उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.