जसपाका ठाकुर पक्षले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

अध्यक्ष ठाकुर पक्षका सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय भएको जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीजीले अध्यक्ष महन्थ ठाकुर पक्षलाई पत्र लेख्दै विश्वासको मत माग्नु भएको थियो,’ उहाँले भन्नुभयो, ‘अध्यक्ष ठाकुरलाई सम्बोधन गरेर नै पत्र लेख्नुभएपछि पार्टीका नेताहरु त्यस विषयमा छलफलमा जुट्नुभएको थियो ।’

छलफलमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.