नेपाल पक्षलाई आममाफी दिने अध्यक्ष ओलीको घोषणा

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई आममाफी दिने घोषणा गर्नुभएको छ ।

ललितपुरको च्यासलमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रमा बाटो बिराएका र भड्किएका नेताहरुलाई आममाफी दिने घोषणा गर्नुभएको हो । ‘यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड,’ उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले नेपाल पक्षलाई फेरि एक पटक मिलेर अघि बढ्न आह्वानसमेत गर्नुभयो । ुहामी को कहाँ छौँ, त्यो कुरा छाडिदिउँ, देश र जनताको कुरा गरौँ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ।ु

अध्यक्ष आफूलाई तत्कालीन नेकपा रहँदा गत वर्ष साधारण सदस्यबाटै निकालेको पनि स्मरण गर्दै अब विगत विर्सेर अगाडि बढ्न अपिल गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.