काँग्रेस तरुण विभाग डेनमार्कको प्रमुखमा तिवारी
![](https://nepaltvonline.com/wp-content/uploads/2021/07/Tarun-bibhag_tiwari_denmark.jpg)
काठमाडौँ- नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ ।
आठ वर्षदेखि डेनमार्कमा बस्दै आउनु भएका तिवारीलाई डेनमार्क शाखा प्रमुखमा मनोनय गरिएको नेपाली काँग्रेस तरुण विभाग प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारीले जानकारी दिनुभएको हो ।
तिवारीलाई नेपाली काँग्रेस केन्द्रीय तरुण विभाग साथै समग्रमा लोकतन्त्रप्रति आस्था राख्ने युवाहरुलाई डेनमार्क देशमा समन्वय गरी गतिशिल बनाउने जिम्मेवारी दिइएको छ ।
तिवारीलाई, नेपाली काँग्रेस विदेश समन्वय समितिको संयोजक र सह-संयोजकसँग समन्वय र सम्पर्कमा रहेर प्रभावकारी ढंगले जिम्मेवारी निर्वाह गर्न पनि भनिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्