कोरोना परीक्षण बढ्यो, संक्रमित दर स्थिर
२४ घण्टामा १७ हजार ३ सय ८ जनाको परीक्षण हुँदा २ हजार ९ सय ७७ संक्रमित
काठमाडौं– गत २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमण परीक्षण बढेको छ । तर, संक्रमण दर भने स्थिर रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २४ घण्टामा १७ हजार ३ सय ८ जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा २ हजार ९ सय ७७ संक्रमित भएका छन् ।
२४ घण्टामा नेपालमा १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्