कोरोना संक्रमण बढेको बढ्यै, दैनिक संक्रमण ४ हजार नजिक पुग्यो

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमण निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा संक्रमण संख्या चार हजार नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७५१८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ३८९९ जना संक्रमित भएका छन् ।

२४ घण्टामा १७७८ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

नेपालमा निको हुने दर पनि फेरि घट्न सुरु भएको छ । गत २४ घण्टामा ९४.४ प्रतिशत निको हुने दर रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.