मन्त्रिपरिषद बिस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौँ- सत्तारूढ गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता डाक्टर बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत बैठकमा सहभागी हुनुहुन्छ ।

मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल गर्नत्र सत्ता गठबन्धनको बैठक बसेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.