गुल्मीमा जीप दुर्घटनामा : ३ जनाको मृत्यु ७ जना घाइते

 गुल्मी- गुल्मीमा जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

आज बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप मुसिकोट नगरपालिका वडानम्बर–४ स्थित दोभान भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घटनास्थलमै ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु भएकाहरु मध्ये २ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा चन्द्रकोट गाउँपालिका वडानम्बर–४ का तेजेन्द्र थापा र चन्द्रकोट–५ हरेवाका रेशम कार्की रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । मृतक १ जना महिलाको सनाखत हुनबाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जीप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.