२४ घण्टामा ३३६५ संक्रमित थपिए

काठमाडौं– गत २४ घण्टामा ३३६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १४२४२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ३३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १३७३ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । अघिल्लो २४ घण्टाको तुलनामा संक्रमित र मृत्युको संख्यामा कमी आएको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म ९८०७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.