१० जना सवार डुंगा कर्णालीमा डुब्यो, तीन जना बेपत्ता

कैलाली– कर्णाली नदीमा डुंगा डुब्दा तीन जना बेपत्ता भएका छन् ।

कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत बिजौरा आउने क्रममा डुंगा पल्टिएर दुर्घटना हुँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो । प्रहरीका अनुसार मोहन्याल गाउँपालिकाकी २० वर्षीया उर्मिला सलामी मगर, उहाँको १० दिनको बच्चा र २० वर्षीया पार्वती थापा बेपत्ता भएका छन् ।

प्रहरीले बेपत्ताको खोजी तीब्र बनाएको छ । डुंगामा सवार १० जनामध्ये ७ जनाको उद्दार भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.