बीपी प्रतिष्ठानको समस्या समाधान गर्न वार्ता समिति गठन

धरान– सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको विवाद समाधानका लागि आन्दोलनरत पक्षसँगवार्ता गर्न सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

आन्दोलनरत संयुक्त संघर्ष समितिले वार्ता समिति गठन नगरे बुधबारदेखि इर्मजेन्सी र कोभिड बाहेकको सेवा बहिष्कार गर्ने अल्टिमेटम दिएपछि सरकारले वार्ता समिति गठन गरेको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नुभएको हो ।

समितिका सदस्यहरुमा मन्त्रालयका कानुनका उपसचिव मानबहादुर बस्नेत र प्रशासनका अधिकृत देवराज भण्डारी रहेका छन्। प्रतिष्ठानमा बेथिती र आर्थिक अनियमितता बढेको भन्दै चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सिंगहरुले गत असार १ गतेदेखि निरन्तर आन्दोलन गरिरहेका छन्। यस अघि सरकारले प्रतिष्ठानको आन्दोलन बारे छानविन कार्यदल बनाएको थियो ।

प्रतिष्ठानको बेथिति एवं अनियमितताबारे छानबिन गर्न गठित कार्यदलको म्याद सोमबार सकिएको छ । कार्यदलले प्रतिवेदन प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.