मुद्दा फर्स्यौटका आधारमा जिल्ला अदालत गोरखा दोश्रो उत्कृष्ट

गोरखा- मुद्दा फैसलाको संख्याका आधारमा जिल्ला अदालत गोरखा गण्डकी प्रदेशको उत्कृष्ट दोस्रो अदालतमा पर्न सफल भएको छ ।

गत आर्थिक बर्षभर गरिएको मुद्धाको फैसला संख्याका आधारमा जिल्ला अदालत गोरखा प्रदेश भरका ११ जिल्लामध्ये उत्कृष्ट दोस्रोमा पर्न सफल भएको हो ।

गत आर्थिक बर्ष कुल ७ सय २८ मुद्दामध्ये ४ सय २३ मुद्दा फर्स्यौट गरिएको जिल्ला अदालतका तहसिलदार अमृत मिश्रले बताउनुभयो । जिम्मेवारीमा रहेका जम्मा मुद्दामध्ये ५८.०२ प्रतिशत मुद्दा फर्स्यौट भएको उहाँको भनाइ छ । गत आर्थिक बर्ष ४ सय १५ नयाँ मुद्दा दर्ता भएका थिए भने अघिल्लो बर्षबाट ३ सय १३ मुद्दा जिम्मेवारी सरेर आएको थियो ।

निषेधाज्ञाको समयमा पनि बालबालीका सम्बन्धी र थुनुवा सम्बन्धी मुद्दामा फैसलालाई निरन्तरता दिईएकाले उक्त प्रगती हासील गर्न सफल भएको मिश्रको भनाइ छ ।

जिल्ला अदालत गोरखामा हाल ३ सय ५ मुद्दा विचाराधिन छन् । अदालतमा दर्ता भएकामध्ये करीब आधा सम्बन्ध विच्छेदका रहेका छन् । गतबर्ष जिम्मेवारीमा रहेका ७ सय २८ मध्ये ३ सय ५१ सम्बन्ध विच्छेदका मुद्दा थिए । त्यसमध्ये २ सय ५२ को फर्छौट गरिएको छ । सम्बन्ध विच्छेदका मात्र ७२ प्रतिशत मुद्दा किनारा लगाइएको तहसिलदार मिश्रले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.