संसदमा गृहमन्त्रीको जवाफ– ‘दार्चुला घटनाबारे छानबिन भइरहेको छ’

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारे सत्यतथ्य बुझ्ने काम भइरहेको बताउनुभएको छ । संघीय संसद अन्तरगत प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गृहमन्त्री खाँडले यसबारे सत्यतथ्य बुझ्न छानबिन टोली घटनास्थलतर्फ गएको बताउनुभयो ।

भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काट्दा गत साउन १५ गते महाकाली तर्ने क्रममा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता हुनुभएको थियो । गृह मन्त्रालयबाट सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

मन्त्री खाँडले तुइन विस्थापन गर्ने मालघाटबाट सदरमुकाम खलङ्गा जोड्ने बाटो निर्माणको काम तुरुन्तै सुरु गर्ने समेत बताउनुभएको छ ।

बैठकको शून्य समयमा बोल्दै सांसदहरुले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको तार काटेकै कारण जयसिंहको मृत्यु भएको भन्दै भारतसामू औपचारिक विरोध जनाउन माग गर्नुभएको छ । त्यस्तै सीमा शुरक्षाको विषयमा दिर्घकालीन समाधान खोज्न समेत माग गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.